close

खेलाडीलाई बर्दिवासको मासिक १० हजार भत्ता

खेलाडीलाई बर्दिवासको मासिक १० हजार भत्ता

Trulli
ADVERTISEMENT

महोत्तरी- बर्दिवास नगरपालिकाले खेलाडीलाई मासिक भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले खेलाडीलाई प्रोत्साहन गर्नको लागि मासिक भत्ता वितरण गर्न लागेको हो । 

नगरपालिकाको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पालिकाभित्र छनौट भएका सबै खेलाडीलाई मासिक १० हजार रुपैयाँ वितरण गर्न लागेको पालिकाखबरलाई बताए । उनका अनुसार फुटवल खेलमा वडा वडावाट पालिकामा छनोट भएका खेलाडीलाई सो भत्ता वितरण गर्न लागेको हो । 

मासिक भत्ता वितरणका लागि खेलकुद समितिले खेलाडी छनौट गर्ने उनले सुनाए । खेलाडी छनौट भएसँगै रकम वितरण सुरु गर्ने उनको भनाइ छ ।