close

अस्ट्रेलियाले छैटौं पटक विश्वकप जित्दा नायक बनेका ट्रविस हेड

अस्ट्रेलियाले छैटौं पटक विश्वकप जित्दा नायक बनेका ट्रविस हेड

Trulli
ADVERTISEMENT

काठमाडौं- भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ । आईतबार भारतविरुद्ध ६ विकेटको शाननदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो । 

अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २४० रन बनाएको थियो । 

लिगमा एक खेल नहारे पनि भारतविरुद्ध अष्ट्रेलियाका ओपनर ट्रविस हेड नायक भन्दा भारत हारेको हो ।  जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियालाई जिताउन हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १३७ रनको सानदार शतकिय इनिङ खेले । 

अष्ट्रेलियाले यसअघि १९९८७, १९९९, २००३,२००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो । भारतले १९८३ र २०११ मा विश्वकप उपाधि जितेको थियो । भारतले २०१३ मा च्याम्पियन ट्रफी जितेपछि कुनै पनि आइसिसी उपाधी जितेको छैन ।

यसै वर्ष टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाले भारतलाई हराउँदै उपाधि जितेको थियो । जारी विश्वकपमा भारतले लिगमा सबै खेल जितेको थियो ।