close

यमनविरुद्ध खेल्दै नेपाल

यमनविरुद्ध खेल्दै नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं- फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । 

समूह 'एच' मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।

नेपालले यमनसँग दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ ।

फिफा वरियताको १५६औं स्थानमा रहेको यमनविरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । नेपाल फिफा वरियतामा १७३औं स्थानमा छ । 

घरेलु मैदानमा यमनविरुद्ध उत्रदै गर्दा नेपाललाई समूहमा अंक जोड्ने राम्रो अवसर हो । तुलनात्मक रुपमा बलिया प्रतिद्धन्दी यूएई र यमनभन्दा यमनविरुद्ध नेपाललाई घरेलु मैदानमा केही सहज हुनेछ । त्यसको फाइदा घरेलु मैदानमा उठाउने योजनामा नेपाल छ ।

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरणको समूह एचमा छिरेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ ।