close

पाँचौँ मेयर कप भोलिदेखि

पाँचौँ मेयर कप भोलिदेखि

Trulli
ADVERTISEMENT

ललितपुर - मंगलबारदेखि पाँचौँ संस्करणको ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ । विभिन्न संघ संस्थाको आयोजनामा वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सो प्रतियोगिता हुने  लागेको हो । 

प्रतियोगिता मङ्सिर १२ देखि १६ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक नदिमरत्न महर्जनले जनाएका छन् । उनका अनुसार सो प्रतियोगितामा पाँच सय भन्दाबढी खेलाडीको सहभागिता रहने छ । 

पललितपुर जिल्ला टेबल टेनिस सङ्घ, खोल्चा पाखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिले संयुक्त आयोजना गरिएको सो प्रतियोगिता कूल तीन लाख ५० हजार रुपियाँ पुरस्कार राशि रहेको छ ।