close

आर्मी केपी ओली कपको फाइनलमा प्रवेश

आर्मी केपी ओली कपको फाइनलमा प्रवेश

Trulli
ADVERTISEMENT

कास्की- त्रिभुवन आर्मी क्लब केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगितामा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । 

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि भीम सार्कीले सर्वाधि ३५ बलमा ३९ रन जोडे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । बागमतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए । 

आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।