close

राष्ट्रिय खेलाडीले भरिएको आर्मी क्लब किन मधेशसँग हार्‍यो ?

राष्ट्रिय खेलाडीले भरिएको आर्मी क्लब किन मधेशसँग हार्‍यो ?

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लवलाई परानित गर्दै मधेश प्रदेशले केपी ओली कप क्रिकेटको उपाधि जितेको छ । 

नेपाली क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा भएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले केपी ओली कप टि२० प्रतियोगिता उपाधि जितेको हो । जितको लागि १३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनमा बनायो ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो ।