close

युरोकपको ड्र सार्वजनिक, एउटै समुहमा स्पेन, इटाली र क्रोसिया

युरोकपको ड्र सार्वजनिक, एउटै समुहमा स्पेन, इटाली र क्रोसिया

Trulli
ADVERTISEMENT

काठमाडौं- युरोकप २०२४ मा हुने युरो कपको समूहको ड्र गरिएको छ । युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदै छ ।  

गएराति गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समूहमा परेका छन् । समूह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ । त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समूह डी मा परेका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा अझै ३ देश प्लेअफबाट छनौट हुन बाँकी रहेको छ । 

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।

समूह ए 
जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड 
समूह बि 
स्पेन, इटाली, क्रोसिया र अल्बानिया
समूह सी
स्लोभेनिया, डेनमार्क, सर्बिया र ईङल्याण्ड
समूह डी
फ्रान्स, अस्ट्रिया, नेदरल्याण्डस र प्लेअफ ए विजेता (पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया)
समूह ई
बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ बी विजेता (इजरायल, बोसनिया, युक्रेन र आइसल्याण्ड)
समूह एफ
पोर्चुगल, टर्की, चेक रिपब्लिक र प्लेस सी विजेता (ग्रीस, जर्जिया, काजकिस्तान र लक्जेम्बर्ग)