close

रनिङ सिल्डमा विद्यार्थी पठाउन बजेट नहुँदा...

रनिङ सिल्डमा विद्यार्थी पठाउन बजेट नहुँदा...

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डमा सहभागी नगराउने भएको छ । भौगोलिक रुपमा टाढा र खर्चभार ठेग्न नसकेको भन्दै गाउँपालिकाले विद्यार्थीलाई सहभागी नगराउन लागेको हो । 

गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक जोगेन्द्र राईका अनुसार यस वर्ष खेल विकास समितिले प्रतियोगिता षडानन्द गाउँपालिकामा आयोजना गरेको छ । सो क्षेत्र सदरमुकामभन्दा टाढा भएको उनले पालिकाखबरलाई सुनाए ।

प्रतियोगितामा सहभागि हुनका लागि गाउँपालिकाले ४२ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । साथै राष्ट्रपति रनिङ सिल्डको लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुनका लागि ४२ हजार रुपैयाँ बजेटको प्रयोग गरिने उनले सुनाए । 

तर सो रकमले पालिकाभित्रका ७ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई सदरमुकामसम्म मात्रै लैजान पुग्ने उनले सुनाए । एउटा विद्यालयलाई १५ हजारको दरले खर्च गराउनको लागि रकम अपुग हुने उनको भनाइ छ । कार्यक्रममा सहभागी नभएमा सो रकम केन्द्र सरकारलाई नै फिर्ता पठाउने उनको भनाइ छ । 

खेल विकास समितिले मनपरी रुपमा स्थान छनाेट गरेकाेले आफूहरुले साे निर्णय गर्न बाध्य भएकाे र साेकाे जिम्मेवारी समितिले नै  लिनुपर्ने उनले बताए ।