close

सबै पालिकाले आवधिक योजनाको विवरण मन्त्रालयमा पठाउनु पर्ने 

सबै पालिकाले आवधिक योजनाको विवरण मन्त्रालयमा पठाउनु पर्ने 

Trulli
ADVERTISEMENT

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाई आवधिक योजनाको विवरण पठाउन पत्राचार गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २४ मा प्रत्येक स्थानीय तहले आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

 

स्थानीय तहको आवधिक योजना तर्जुमा कार्यमा संघीय सरकारबाट गरिने सहयोग, समन्वय तथा सहजिकरणलाई थप प्रभावकारी बनाउन मन्त्रालयले तोकेको ढाँचामा योजना विवरण यही असोज १० गतेभित्र मन्त्रालयको योजना तथा अनुगमन शाखामा पठाउन भनिएको छ । आवधिक योजनाको विवरण [email protected].npमा पठाउनु पर्ने छ ।