close

ललितपुर महानगरद्वारा कोभिडविरुद्धको तेस्रो डोज लगाउन आह्वान

ललितपुर महानगरद्वारा कोभिडविरुद्धको तेस्रो डोज लगाउन आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाले पहिलो र दोस्रो जुनसुकै कोभिड–१९ विरुद्ध खोप लगाएका नगरवासीलाई खोप लगाउनका लागि आह्वान गरेको छ । 

महानगरले एक सूचना जारी गरी पहिलो र दोस्रो जुनसुकै डोज लाएका सबै नागरिकलाई तेस्रो डोज लगाउन अह्वान गरेको हो । 

‘ मिति २०७९ साउन ५ र ६ गते ( २ दिन) यस ललितपुर महानगपालिकाले क्षेत्रभित्रका १ देखि २९सै वडाहरूमा तपसिल तालिकाबमोजिम कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले आफ्नो पायक पर्ने वडाको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन अनुरोध गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।’

सूचना