close

घर नम्बर लिँदा तिनुपर्ने शुल्क स्थगित

घर नम्बर लिँदा तिनुपर्ने शुल्क स्थगित

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले घर नम्बर प्लेट वापत लिने शुल्क तत्कालको लागि स्थगित गरेको छ ।

यसअघि २०७९ साल साउन ५ र ६ गते सुचना जारी गर्दै सम्पत्ति करसँगै हरेक घरको नम्बर प्लेट बनाउन थप एक हजार रूपैयाँ बुझाउनु पर्ने उल्लेख गरेको थियो ।

यो निर्णयमा पुनरावलोकन गर्ने भएकाले तत्कालको लागि शुल्क लिने काम स्थगित गरिएको भन्दै शुक्रबार नगरपालिकाले सुचना जारी गरेको हो ।