close

अब भक्तपुर नगरपालिकाको आफ्नै टेलिभिजन

अब भक्तपुर नगरपालिकाको आफ्नै टेलिभिजन

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्नै टेलिभिजन सञ्चालन गर्ने भएको छ । यही असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट टेलिभिजन सञ्चालनका लागि स्वीकृति पाएसँगै टेलिभिजन सञ्चालन गर्ने बाटो खुला भएको हो । 

टेलिभिजन सञ्चालनका लागि नगरपालिकाले गत आर्थिक वर्षदेखि नै बजेटको व्यवस्था गर्न थालेको थियो । नगरपालिकाले गत आर्थिक वर्ष १० लाख विनियोजन गरेको थियो ।  चालु आर्थिक वर्षमा एक करोड बजेट थप परेको मेयर सुनिल प्रजापतिले बताए । 

भक्तपुर नगरपालिकाले 'ख्वप टेलिभिजन' को स्वीकृति पाएको मेयर सुनिल प्रजापतिले पालिका खबरलाई बताए । उनका अनुसार स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर नेवारी सांस्कृतिक केन्द्र भएकोले यसको संरक्षणका लागि टेलिभिजनको सुरुवात गर्न लागिएको हो । 

सूचना प्रविधिको विकासक्रमसँगै नेवारी संस्कार, संस्कृति, भेसभुसा तथा रीतिरिवाजलाई टेलिभिजनमार्फत प्रसारण गर्ने यो पुस्तौपुस्तासम्म अभिलेखीकरण हुनेमा नगरपालिका विश्वस्त छ । यससँगै यो टेलिभिजनले देशकै  दर्पणको रुपमा अगाडि बढ्नमा जोड दिनेछ ।