close

शैक्षिक-सत्र २०७८काे नतिजा पठाउन चन्द्रागिरिको अनुरोध

शैक्षिक-सत्र २०७८काे नतिजा पठाउन चन्द्रागिरिको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरमाभित्रका विद्यालयहरूलाई  शैक्षिक सत्र २०७८काे नतिजा पठाउन अनुरोध गरेको छ ।

मंगलबार नगरपालिकाले एक सूचना जारी गरी सबै विवरण शिक्षा,युवा तथा खेलकुद शाखामा पठाउन अनुरोध गरेको हो । 

‘विद्यार्थीहरुको उपलब्धिको अवस्था पहिचान गरी तदनुकूल शैक्षिक कार्यक्रमसमेत निर्धारण गर्नुपर्ने भएकाले शैक्षिक सत्र २०७८ को यस नगरपालिकाभित्रका सबै प्रकारका (सामुदायिक, संस्थागत, परम्परागत तथा अनौपचारिकसमेत) विद्यालयहरुले निम्न ढाँचामा विद्यालयको विषयगत उत्तीर्ण प्रतिशत विवरण ७ सात दिनभित्र यस शिक्षा,युवा तथा खेलकुद शाखामा उपलब्ध गराइदिनु हुन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।