close

करार कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयद्वारा स्थानीय तहलाई पत्राचार

करार कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयद्वारा स्थानीय तहलाई पत्राचार

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार कर्मचारी व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । 

बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले स्थानीय तहमा भएका करार कर्मचारी फेरबदलबारे आवश्यक कारबाही गर्ने सम्बन्धमा सबै स्थानीय तहलाई पत्राचार गरिएको मन्त्रालयका सूचना अधिकारी मित्रलाल शर्माले जानकारी दिए । 

स्थानीय तहका लागि आवश्यक कर्मचारी लोकसेवा आयोगले  पदपूर्ति गर्नसक्ने माहोल हुँदाहुँदै पनि पालिकाले सोबारे आयोगलाई जानकारी नगराइएको सो सूचनामा उल्लेख छ । 

स्थानीय तहहरूले करार कर्मचारी एकमुष्ट रुपमा हटाई सयौंको संख्यामा पुनः विज्ञापन गरेको, उक्त खालि पदमा लोकसेवा आयोगमा पदपूर्तिका लागि नपठाएको जारी सूचनामा उल्लेख छ । 

मन्त्रालयका सूचना अधिकारी मित्रलाल शर्माका अनुसार करारमा रहेका कर्मचारीले आयोगमा स्थानीय तहले करार कर्मचारी फेरबदल गरेको उजुरी दिए पनि मन्त्रालयले सबै स्थानीय तहलाई उक्त सूचना दिएको हो ।