close

सुनकोशीद्वारा जग्गा दान गर्न इच्छुकहरूका लागि निवेदन दिन आह्वान

सुनकोशीद्वारा जग्गा दान गर्न इच्छुकहरूका लागि निवेदन दिन आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सिन्धुलीको सुनकोशी गाउँपालिकाले स्वास्थ्यचौकीलाई जग्गा दान गर्न इच्छुकहरुका लागि निवेदन दिन आह्वान गरेको छ ।

सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको वडा नं ३ को स्वास्थ्यचौकीलाई १५ सैयामा रुपान्तरणका लागि जग्गा आवश्यक परेको भन्दै जग्गा दान गर्न इच्छुकहरुलाई निवेदन दिन आह्वान गरेको हो ।

जग्गा दान गर्ने व्यक्तिको नामबाट स्वास्थ्यचौकीको नामांकरण गर्ने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । दुईभन्दा बढी व्यक्तिले जग्गा उपलब्ध गराए उनीहरुको नामको पहिलो अक्षर जोडेर स्वास्थ्य चौकीको नाम राख्ने पालिकाले जनाएको छ । 

जग्गा दान गर्न चाहनेले एक महिनाभित्र जग्गाको कागजपत्र र दान गर्न मन्जुरी निवेदनसहित गाउँकार्यपालिकामा उपस्थित हुन गाउँपालिकाले आग्रह गरेको छ ।