close

पनौती नगरद्वारा छात्रवृत्तिमा एमबिबिएस अध्ययन उत्तीर्ण विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह

पनौती नगरद्वारा छात्रवृत्तिमा एमबिबिएस अध्ययन उत्तीर्ण विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले छात्रवृत्तिमा  एमबिबिएस गरेका विद्यार्थीलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्कमा आउन आग्रह गरेको छ ।

नगरपालिकाले म‌ंगलबार एक सूचना जारी गरी नगरपालिकाले यसअघि नगरकाे छात्रवृत्तिमा एमविविएस उत्तीर्ण गरेका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।                               

नगरपालिकाको स्वास्थ्य गतिविधिमा सहभागी गराई नगरवासीको स्वास्थ्यमा थप सुधार ल्याउनका लागि नगरपालिकाको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई बोलाइएकाे जारी सूचनामा उल्लेख छ । 

पनौती नगरपालिका र काठमाडौं विश्वविद्यालयको साँझेदारीमा सन् २००१ यता छात्रवृत्ति नगरका विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्दै आएका छन् ।