close

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा र २७ गते गाइजात्रा मनाइने

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा र २७ गते गाइजात्रा मनाइने

Trulli
ADVERTISEMENT

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले साउन २६ गते गुन्हिपुन्ही (जनैपूर्णिमा) र २७ गते सापारु (गाईजात्रा) मनाउने भएको छ ।

नगरपालिकाले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो । 

पात्रोमा जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेपछि स्थानीयमा अन्यौलको वातावरण सिर्जना भएकाले पालिकाले उक्त निर्णय गरेको जानकारी दिएको हो । 

सूचनामा लेखिएको छ, 'दुबै एक दिन परेकोले चाडपर्व मनाउन नगरबासीमा अन्यौल वातावरण सिर्जना भएकाले नगरपालिका र सरोकारवाला निकायबीच २४ गते बसेको बैठकले छलफल  गरी २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णयमा पुगेको हो ।' 

यसअघि भक्तपुर नगरपालिकाले पनि २६ गते जनैपूर्णिमा र २७ गते गाइजात्रा मनाउने निर्णय गरेको छ । तर किर्तिपुर नगरपालिकाले भने, २७ गते जनैपूर्णिमा र २८ गते गाईजात्रा मनाउने निर्णय गरेको छ ।