close

वडाको सिफारिसमा मात्रै खानेपानी तथा ढल जडान गर्न पाइने

वडाको सिफारिसमा मात्रै खानेपानी तथा ढल जडान गर्न पाइने

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिका-८ ले खानेपानी तथा ढल जडानका लागि वडा कार्यालयसँग स्वीकृत लिन अनुरोध गरेको छ । 

वडाका विभिन्न स्थानमा वडा कार्यालयको सिफारिसविना खानेपानी तथा ढल निकासको कार्य भइरहेको जनगुनासो आए को भन्दै वडा कार्यालयले यस्तो अनुरोध गरेको हो । 

वडाभित्र विभिन्न स्थानमा सिफारिस नलिएर खानेपानी जडान  तथा ढल निकासा तथा मर्मत कार्य गर्दै आएको छ ।  

वडासँग स्वीकृत नलिई खानेपानी जडान र ढल निकास गरेमा वडाकार्यालयले कारबाही गरिने वडाध्यक्ष रमेश खत्रीले बताए ।