close

कुहिने र नकुहिने फोहोर फरक-फरक व्यवस्थापन गरिदिन देवचुलीको अपिल

कुहिने र नकुहिने फोहोर फरक-फरक व्यवस्थापन गरिदिन देवचुलीको अपिल

Trulli
ADVERTISEMENT

काठमाडौं ।  देवचुली नगरपालिकाले फोहोर संकलन/व्यवस्थापन सम्बन्धी रुट निर्धारण गरेको छ। 

देवचुली नगरभित्रको फोहोर व्यवस्थापन तथा संकलनका  लागि नगरले संकलन तथा व्यवस्थापनसम्बन्धी रुट निर्धारण गरेको हो । 

‘देवचुली नगरभित्रको फोहोर व्यवस्थापन तथा संकलनका  कार्यको लागि सम्झौता भई कार्य गर्दै आएको र सो कार्य सहजताका लागि मिति/गतेमा फोहोर संकलनका लागि सवारी साधनको व्यवस्था गरिने भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ । 

साथै, नगरले आफ्नो घरको कुहिने फोहोर र नकुहिने फोहोर छुट्टा छुट्टै वर्गीकरण गरिदिन अपिल पनि गरेको छ ।