close

सूर्यविनायक नगरपालिकामा सोमबार सार्वजनिक बिदा

सूर्यविनायक नगरपालिकामा सोमबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरको  सूर्यविनायक नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । 

नगरपालिकाको वडा नम्बर ८ सिपाडोलमा रहेको डोलेश्वर मन्दिरलाई विस २०६६ भदौ ६ गते केदारनाथको शीर डोलेश्वर महादेव भनी घोषणा गरिएको दिनलाई स्मरण गर्दै कार्यपालिकाको बैठकले सार्वजनिक भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ । 

सूचनामा भनिएको छ, 'नगरपालिकाको अत्यावश्यक सेवा र नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुको पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बन्द हुनेछन् ।'