close

अवैध संरचना हटाउन मध्यपुर थिमिले दियो ३५ दिने म्याद

अवैध संरचना हटाउन मध्यपुर थिमिले दियो ३५ दिने म्याद

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना हटाउन सुरू गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत अन्य नगरपालिकामा पनि क्रमश: देखिन थालेको छ ।

काठमाडौं उपत्यकाको भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

३५ दिनभित्र संरचना नहटाइए कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राखेको भन्दै नगरपालिकाले त्यसलाई हटाउन भनेको छ ।

सूचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ ।’