close

सडक छेउको पसल हटाउन हरिवन नगरपालिकाको निर्देशन

सडक छेउको पसल हटाउन हरिवन नगरपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

सर्लाही । हरिवन नगरपालिकाले सडक छेउछाउमा अव्यवस्थित रुपमा राखिएका सामग्री तथा पसल हटाउन निर्देशन दिएको छ ।

पालिकाले एक सूचना जारी गर्दै १० दिनभित्र अव्यवस्थित रुपमा राखिएका पसल तथा सामग्री हटाउन निर्देशन दिएको हो । 

नगरपालिले पूर्व-पश्चिम राजमार्ग हरिवन बजार क्षेत्रको सडकमा दायाँ-बायाँ अव्यवस्थित रुपमा राखिएकाे ठेला, फलफूल पसल तथा टेम्पो, अटोजस्ता सामग्री हटाउन निर्देशन दिएको हो ।

ती सामग्रीले व्यापार व्यवसायमा प्रभाव पार्नुको साथै दुघर्टनाको जोखिम समेत बढाएकाले सडक छेउछाउको स्थान खाली गराउन लागिएको मेयर रमेश बुढाथोकीले बताए ।

तोकिएको समयमा पसल तथा सामग्री नहटाएमा नगरपालिकाले कानुन बमोजिक कारबाही गर्ने उनले बताए  ।

सूचनामा भनिएको छ:

हरिवन बजार क्षेत्रमा सडकको दायाँ वायाँ अव्यवस्थित ढंगबाट ठेला, फलफूल पसल तथा टेम्पो, अटो जस्ता सवारी साधन राखी बजारलाई अस्तव्यस्त बनाई व्यापार व्यवसायमा समेत प्रभाव पारेको र सवारी दुर्घटना समेत भई जनधनको क्षति हुने प्रवल सम्भावना देखिएकोले पुर्व लच्का देखि पश्चिम नेपाल बैंक सम्मको सडकको ७५ मिटर दायाँ वायाँ खाली तथा सरसफाई गर्नुपर्ने भएकाले यो सूचना जारी गरिएको मितिले १० दिन भित्रमा हटाई खाली गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ । अन्यथा नहटाएमा नगरपालिकाको नियमानुसार आवश्यक कार्वाही अगाडी बढाइने व्यहोरा समेत जानकारी गरिन्छ ।