close

फोहोर व्यवस्थापनका लागि खैरहनी नगरपालिकाद्वारा प्रस्ताव आव्हान

फोहोर व्यवस्थापनका लागि खैरहनी नगरपालिकाद्वारा प्रस्ताव आव्हान

Trulli
ADVERTISEMENT

चितवन । खैरहनी नगरपालिकाले फोहोरमैला व्यवस्थापन तथा शुल्क संकलनका लागि प्रस्ताव आव्हान गरेको छ । आइतबार नगरपालिकाले सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको हो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ञ) तथा सार्वजनिक  खरिद नियमावली २०६४ को नियम ३१(१) मा व्यवस्था भएबमोजिम सो प्रस्ताव आह्वान गरेको पालिकाले जनाएको छ । 

इच्छुक इजाजत कम्पनीले पालिको शर्त अधिनमा रही रितपूर्वक गोप्य सिलबन्दी (प्राविधिक तथा आर्थिक) प्रस्ताव पेश गर्न सकिने  सूचनामा उल्लेख छ । 

सूचना प्रकाशित भएको ३० दिनभित्र आवेदन दिनु पर्ने पालिकाले जनाएको छ । सूचना अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित तीन हजार रुपैयाँ राजस्व तिरी खरिद गर्न सक्ने छ । 

प्रस्तावदाताले फोहोर व्यवस्थापनको लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरी प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख छ । 

साथै कुहिने फोहोरबाट मल तथा ग्याँस बनाउने र नकुहिने फोहोरलाई पुन प्रयोग गर्नुपर्नेछ ।

फोहोर व्यवस्थापनको लागि आवश्यक जनशक्ति, मेसिन, जग्गा तथा फोहोरमैलाको ढुवानी आफैँले गर्नुपर्ने पालिकाले जनाएको छ ।