close

सौर्य ऊर्जा प्रणाली जडानमा सहभागी हुन गोदावरीको आग्रह

सौर्य ऊर्जा प्रणाली जडानमा सहभागी हुन गोदावरीको आग्रह

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले सौर्य ऊर्जा प्रणाली जडान कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै सौर्य ऊर्जामा आधारिक विभिन्न कार्यक्रममा सहभागी हुन स्थानीयलाई आह्वान गरेको हो । 

नेपाल सरकार ऊर्जा, जलस्रोत , तथा सिँचाइ मन्त्रालयमा वैकल्पिक ऊर्जा केन्द्रले चालू आर्थिक वर्ष २०७९ र ०८० अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको जारी सूूचनामा उल्लेख छ । 

कार्यक्रमा सहभागी हुन चाहने संस्था, विद्यालय र उपभोक्ता समितिले आवश्यक कागजातसहित भाद्र २८ गतेभित्र नगरपालिकामा सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ ।