close

आजबाट प्रशासन सुधारसम्बन्धी (इरोपा) सम्मेलन सुरु

आजबाट प्रशासन सुधारसम्बन्धी (इरोपा) सम्मेलन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारको सक्रियतामा इरोपा सम्मेलन सुरु भएको छ । 

आजबाट सो सम्मेलन भर्चुवल रुपमा सुरु भएको हो । सम्मेलन भोलिसम्म चल्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म हुने बताइएको छ । 

इरोपा पूर्वी क्षेत्रीय मुलुकका मुख्यतया: एसिया र प्यासिफिक क्षेत्रका विकासशील मुलुकहरूको प्रशासनमा देखा परेका समस्या समाधानको खोजी एवं प्रशासनलाई थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले फिलिपिन्समा सन् १०५८ मा स्थापित संस्था हो । 

इरोपाले प्रत्येक वर्ष आफ्ना सदस्य मुलुकहरूमा कार्यकारी परिषद्  र महासभाको बैठक/सम्मेलनको आयोजना गर्दै आइरहेको छ । 

यस्तै, नेपालले प्रत्येक बैठक तथा  सम्मेलनहरूमा सहभागिता जनाउनुका साथै यसअघि सन् १९८९ र सन् २०१०मा इरोपा सम्मेलनको आयोजना गरिसकेको छ । 

भर्चुवल रुपमा सुरु भएको सम्मेलनमा सङ्घीय सरकारका मन्त्रालय, विभिन्न विभाग, प्रदेश र स्थानीय सरकार मातहतका कार्यालय सहभागी भएको मन्त्रालयले जनाएको छ ।