close

अनुदानमा विरुवा माग गर्ने कृषकलाई सम्पर्कमा आउन ठाकुरबाबाको आग्रह

अनुदानमा विरुवा माग गर्ने कृषकलाई सम्पर्कमा आउन ठाकुरबाबाको आग्रह

Trulli
ADVERTISEMENT

बर्दिया । ठाकुरबाबा नगरपालिकाले अनुदानमा विरुवा माग गर्ने किसानलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा माग गर्ने स्थानीयलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
 
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत फलफूल विरुवा सहयोग (५० प्रतिशत अनुदान) तथा उच्च मूल्य जाने फलफूल खेती विस्तार कार्यक्रमका लागि गत आर्थिक वर्षदेखि नै आवेदन  दिई फलफूल विरुवा लिन बाँकी लाभग्राहीले माग गरेबमोजिम फलफूलका विरुवा आवश्यक भए नभएको एकिन गर्न सो सूचनामा उल्लेख गरिएको छ । 

साथै नयाँ लाभग्राहीले उच्च मूल्यमा जाने फलफूल लिन चाहेमा भाद्र ३१ गतेभित्र नगरपालिकाको कृृषि तथा पशु शाखामा सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ । 

इच्छुक व्यक्तिले निवेदनसहित लालपूर्जाको प्रतिलिपि, संस्थागत आवेदन भएमा निर्णय तथा दर्ताको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्ने पालिकाले जनाएको छ ।