close

परिचयपत्र नवीकरण गराउन महालक्ष्मी नगरको अनुरोध

परिचयपत्र नवीकरण गराउन महालक्ष्मी नगरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले  परिचयपत्र नवीकरण गराउन अनुरोध गरेको छ । 

नगरले एक सूचना जारी गरी नगरवासीहरुमा यस्तो अनुरोध गरेको हो । 

‘प्रस्तुत सम्बन्धमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ८ वमोजिम यस नगरपालिकाबाट मामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले चालू आवमा पनि सामाजिक मुरक्षा भत्ता प्राप्त  गर्न यही कातिक मसान्तभित्र परिचयपत्र नवीकरण गराउनु पर्ने व्यवस्था छ तथापि सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्ने भएकाले पहिलो त्रैमासिकको सामाजिक मुरक्षा भत्ता २०७९ अजोज महिनामै निकासा गर्नुपर्ने भएकाले सम्बन्धित सबै लाभग्राहीहरुले २०७९ भाद्र मसान्तभित्र देहायको कागजातसहित आ-आफ्नो वडा कार्यालयमा गई परिचयपत्र नवीकरण गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।  साथै, तोकिएको समयमा परिचयपत्र नवीकरण नगराएमा मामाजिक सुरक्षा भत्ता प्राप्त नहुने व्यह्वोरासमेत सम्बन्धित सबैमा अनुरोध छ,’जारी सूचनामा उल्लेख छ । 

संलग्न गर्नुपर्ने कागजातहरु
परिचयपत्र तवीकरणको निवेदन
लाभग्राहीको नागरिकता वा राष्ट्रिय परिचयपत्र वा जन्म दर्ता प्रमाणपत्रको
अपाङ्गता भएका लाभग्राहीको हकमा अपाङ्गता परिचयपत्र 

साथै, नगरले  बालबालिका वा आफैं उपस्थित हुन नसक्ने लाभग्राहीहरुको  हकमा माथवर वा स्याहार सुसार गर्ने व्यक्ति मार्फत्‌ परिचयपत्र नवीकरण गरिने बताएको छ ।