close

छरिएर रहेका तार व्यवस्थित गर्न सम्बन्धित सेवाप्रदायकलाई खैरेनी नगरको अल्टिमेटम

छरिएर रहेका तार व्यवस्थित गर्न सम्बन्धित सेवाप्रदायकलाई खैरेनी नगरको अल्टिमेटम

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका नेपाल टेलिकम नेपाल, विद्युत प्राधिकरण, केबुल नेटवर्क, केबुल टेलिभिजनलगायत सेवा प्रदायक संस्थालाई नगरभित्र यत्रतत्र छरिएरका तार १५ दिनभित्र व्यवस्थित गर्न  निर्देशन दिएको छ।   

नगरले एक सूचना जारी गरी त्यस्ता तार सम्बन्धित निकायले व्यवस्थित नगरे नगर आफैँले हटाउने चेतावनीसमेत दिएको छ ।

‘यस खरैहरनी नगरपालिका क्षेत्रभित्र विभिन्न सेवा प्रदायक संस्थाहरु नेपाल टेलिकम नेपाल, विद्युत प्राधिकरण, केबुल नेटवर्क, केबुल टेलिभिजन लगायत सेवा प्रदायक संस्थाहरुका तारहरु यत्रतत्र अव्यवस्थित रुपमा रहेको, तारहरु सडकमा खस्दा समेत लामो समय मर्मत
नगर्ने गरेको र कतिपय तारहरु ठुला सवारी साधन आवत जावत गर्दा सवारी साधनमा छुने गरी कम उचाइमा राखेको पाइएकाले त्यस्ता किसिमका सेवा प्रदायक संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो संस्थाका त्यस्ता किसिमका तार  व्यवस्थित गर्ने तथा मर्मत गर्ने कार्य गर्नुहुन सुचित गरिन्छ,’ जारी सूचनामा भनिएको छ, ‘यो सुचनाको अवज्ञा गरी समयमा सम्बन्धित संस्थाले आफ्नो तार व्यवस्थापन नगरेमा नगरपालिका आफैँले त्यस्ता तार हटाउन बाध्य हुनेछ र त्यसबाट हुने क्षेतिको जिम्मेवार सम्बन्धित संस्था
स्वयम हुनुपर्ने व्यहोरासमेत जानकारी गराइन्छ ।’