close

अछामको तुर्माखाँद गाउँपालिकामा असोज २ गते सार्वजनिक बिदा

अछामको तुर्माखाँद गाउँपालिकामा असोज २ गते सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाले असोज २ गते सार्वजनिक बिदा दिएको छ ।

शुक्रबारबाट अविरल रुपमा आएको वर्षाका कारण पालिकामा सिर्जित अपरिकल्पनीय रुपमा पालिकाबासी गुमाउनुपरेकाले शोकस्वरुप असोज २ गते सार्वजनिक बिदा दिइएकाे पालिकाद्वारा शनिबार जारी गरी सूचनामा उल्लेख छ । 

शुक्रबार रातिबाट आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी तुर्माखाँद गाँउपालिका वडा नं ५ नाडा निवासी नेत्र शाही ४५ वर्ष , मनिषा शाही वर्ष ३५, विमला शाही वर्ष १७ र जानकी शाही वर्ष १६ को मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । 

‘यही मिति २०७९।५। ३१ गते राति अविरल वर्षाका कारण आएको पहिरोमा परी तुर्माखाँद गाँउपालिका वडा नं ५ नाडा निवासी नेत्र शाही ४५ वर्ष , मनिषा शाही वर्ष ३५, विमला शाही वर्ष १७ र जानकी शाही वर्ष १६ को अकल्पनियरुपमा असामयिक निधन एवं अन्य ५ जना वेपत्ता भएको दुःखद घटना प्रति गाँउपालिका परिवार स्तव्ध भएको छ । यस दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै बेपत्ता व्यक्तिको शीघ्र उद्धारका लागि सम्बन्धित निकायको सहयोगको अपेक्षासहित शोक सन्तव्ध परिवारजनप्रति गहिरो समवेदना छ, पालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘ यस दुःखद घडीमा शोकस्वरुप मिति २०७९।०६।०२ गते यस गाँउपालिका र मातहत सम्पूर्ण कार्यालय एवं शिक्षण संस्था बन्द रहने व्यहोरा सम्वन्धितको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्यस्तै, जिल्लाका कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा गएको पहिरोमा पुरिएर कुल २२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही र कमल बजार नगरपालिका–६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी,१५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ ।

यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।