close

घाँसको बिउ लिन चाहनेहरूलाई सम्पर्कमा आउन धुनिबेँसी नगरको अनुरोध

घाँसको बिउ लिन चाहनेहरूलाई सम्पर्कमा आउन धुनिबेँसी नगरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । धुनिबेँशी नगरपालिकाको पशुपक्षी विकास शाखाले हिउँदे घाँस (जै)को बिउ लिन इच्छुकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ । 

नगरले शुक्रबार एक सूचना जारी गरी घाँसको बिउ लिन इच्छुक कृषक/ समूह समिति /सहकारीलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको हो । 

जारी सूचनामा भनिएको छ, ‘यस नगरपालिका, पशुपन्छी विकास शाखाको आ.व. २०७९ /८० को वाषषिक कार्यक्रम अनुसार हिउँदे
घाँस (जै) को बिउ वितरण गर्ने लक्ष्य भएको हुँदा इच्छुक कृषक /समूह समिति /सहकारीले सूचना प्रकाशन भएको मितिले १५ दिन अर्थात् मिति २०७९ /०६/१४गते भित्र तपसिल बमोजिमका कागजातसहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

साथै थप जानकारीका लागि नगरले पशुपक्षी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।