close

बालुवा गिट्टी निकासीका लागि  सिलबन्दी प्रस्ताव दर्ता गराउन सोताङ गाउँपालिकाको अनुरोध

बालुवा गिट्टी निकासीका लागि  सिलबन्दी प्रस्ताव दर्ता गराउन सोताङ गाउँपालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकाले तोकिएको क्षेत्रबाट बालुवा गिट्टी निकासीका लागि  सिलबन्दी प्रस्ताव दर्ता गराउन अनुरोध गरेको छ । 

पालिकाले एक सूचना जारी गरी सोताङ गाउँपालिका भित्रका इच्छुक व्यक्ति तथा व्यवसायीहरूलाई १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्न अनुरोध गरेको हो । 

सूचना जारी भएको १६ औं दिन अर्थात् २०७९/०४/१४ गते दिउँसो २ बजे गाउँपालिकाको सभाहलमा सिलबन्दी प्रस्ताव खोलिने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । 

‘सोताङ गाउँपालिकाको आर्थिक ऐन २०७९ को अनुसूची १२ दफा १३ सँग सम्बन्धित वातावरण शुल्क अनुसार क.स. ३ देखि ९ भित्र रहेका तपसिलबमोजिमका स्थानहरूबाट न्यूनतम ठेक्का रकम तपसिलबमोजिम रहने गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिकाले तोकेको सिलबन्दी प्रस्ताव फारम खरिद गरी तोकिएको क्षेत्रमा बालुवा गिट्टी निकासी गर्न इच्छुक सोताङ गाउँपालिकाभित्रका व्यक्ति तथा व्यवसायीहरुले सिलबन्दी प्रस्ताव दर्ता गराउन हुन साथै १६ औं दिन (मिति २०७९/०४/१४ गते) दिउँसो २ बजे गाउँपालिकाको सभाहलमा सिलबन्दी प्रस्ताव खोलिने जानकारीसहित यो सूचना प्रकाशन गरिएको छ,' जारी सूचनामा उल्लेख छ ।