close

बूढानीलकण्ठले रोक्यो भूमिहीनको तथ्यांक संकलन कार्य

बूढानीलकण्ठले रोक्यो भूमिहीनको तथ्यांक संकलन कार्य

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले भूमिहीन, दलित/सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्य तत्कालका लागि स्थगित गरेको छ । 

नगरले एक सूचना जारी गरी तत्काल उल्लेखित कार्य स्थगित भएको जानकारी दिएको हो  । 

निर्वाचन आयोगको तीनै तहका सरकारलाई  तत्काल निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम नगर्न दिएको निर्देशन छ । सोहीबमोजिम राष्ट्रिय भूमि आयोग, ताहाचाल, काठमडौंले असोज १ गते सूचना जारी गरी तथ्यांक संकलन कार्य रोक्न सबै पालिकालाई निर्देशन दिएको थियो ।