close

दक्षिणकाली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

दक्षिणकाली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको कार्यालयले हरिशंकर जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

मंगलबार एक सूचना जारी गरी बुधबार अर्थात् भोलि सार्वजनिक बिदा दिएको नगरले जानकारी दिएको छ । 

‘नगरपालिकाको निर्णयअनुसार  मिति २०७९/'०६/०५ गते बुधबारका दिन परेको ऐतिहासिक पर्व हरिशंकर जात्राको दिन यस नगरपालिकाले प्रशासनिक  कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरू, विद्यालय एवं यस नगरपालिका अन्तर्गतका अन्य कार्यालयसमेतमा स्थानीय पर्वको बिदाको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ,’ जारी सूचनामा भनिएको छ ।