close

पूर्वपश्चिम लोकमार्गमा अतिक्रमण हटाउन शिवसताक्षीको निर्देशन

पूर्वपश्चिम लोकमार्गमा अतिक्रमण हटाउन शिवसताक्षीको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्र पर्ने पूर्वपश्चिम लोकमार्गका बासिन्दालाई सबै प्रकारका सडक अतिक्रमण हटाउन निर्देशन दिएको छ । 

मंगलबार एक सूचना जारी नगर क्षेत्रभित्र पर्ने पूर्वपश्चिम लोकमार्ग र नगरका विभिन्न टोल बस्तीका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा बाली लगाउने, पशु चौपायाँ बाँध्ने, सडक छेउछाउमा बिस्कुन सुकाउने, सडकका नाली अतिक्रमण गरेको बताउँदै नगरले यस्तो निर्देशन दिएको हो । 

‘सवारी साधन आवागमनमा समस्या भई दुर्घटना हुनसक्ने  र वातावरणसमेत दूषित हुने भएकाले सम्भावित जोखिमको अवस्थालाई मध्यनजर  गरी सडक दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ, सफा र सुन्दर नगर बनाउन सात दिनभित्र सबै प्रकारका अतिक्रमण हटाउन अनुरोध छ,’जारी सूचनामा भनिएको छ । 

अटेर गरेमा नगरले प्रचलित कानुनबमोजिम कारबाही गर्ने र सम्भावित क्षतिप्रति नगर जिम्मेवार नहुने चेतावनीसमेत दिएको छ ।