close

ढुंगा, बालुवा तथा गिटी उत्खनन् नगर्न वनगाड कुपिण्डेको निर्देशन ​​​​​​

ढुंगा, बालुवा तथा गिटी उत्खनन् नगर्न वनगाड कुपिण्डेको निर्देशन ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले ढुंगा, बालुवा तथा गिटी उत्खनन् तथा निकासीमा रोक लगाएको छ । 

वडा नम्बर ८ मा रहेको कुपिण्डे तालबाट अनधिकृत रुपमा ढुंगा,बालुवा,गिटीलगायत सामग्री उत्खनन्, संकलन तथा विक्री वितरण गर्ने गरेको भन्दै नगरपालिकाले उत्खननमा रोक लगाएको हो । 

‘वडा नम्बर–८ मा रहेको कुपिण्डे तालबाट अनधिकृत रुपमा ढुंगा, गिटी, बालुवालगायत सामग्रीको उत्खनन, संकलन तथा विक्री वितरण गर्ने गरेको पाइएकाले  उक्त तालबाट कुनै पनि सामग्री उत्खनन् तथा विक्री वितरण  नगर्न हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ । 

निर्देशन उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले चेतावनीसमेत दिएको छ ।