close

धरानेलाई ‘पौरखी’को संज्ञा दिँदै साम्पाङले गरे यस्तो आह्वान

धरानेलाई ‘पौरखी’को संज्ञा दिँदै साम्पाङले गरे यस्तो आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङले नगरवासीलाई काममा फर्किन अनुरोध गरेका छन् । 

शुक्रबार एक सामाजिक सञ्जालमार्फत् उनले नगरवासीलाई पौरखीको उपमा दिँदै काममा फर्किन अनुरोध गरेका हुन् । 

‘अब दशैँ सकियो । काममा फर्कौँ है पौरखी हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

यस्तै, उनले आज बेलुका ५ बजे रत्न चोकमा लागुऔषध दुर्व्यसनविरुद्धको जनचेतना फैलाउने कार्यक्रम रहेकाले सबैलाई भेला हुन पनि अनुरोध गरेका छन् ।