close

मेलमिलापकर्ताको सूची अद्यावधिक गर्न घोराहीको अनुरोध

मेलमिलापकर्ताको सूची अद्यावधिक गर्न घोराहीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङ घोराही उप-महानगरपालिकाले मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नका लागि अनुरोध गरेको छ । 

नगरले बिहीबार एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो । 

‘नगरपालिकामा गरिने मेलिमलाप कार्यका लागि  स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४९ तथा न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउने  कार्यविधिको दफा ६० बमोजिम घोरही उप-महानगरपालिकामा न्यायिक निरुपण सम्बन्धी गरिने मेलमिलाप कार्यका लागि मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नुपर्ने भएकाले आवश्यक कागजात सहित घोराही उप-महानगरपालिका कानूनी मामिला शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ । 

कम्तिमा माध्यमिक तह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, मेलमिलाप सम्बन्धी तालिमको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि नगरको अनुरोध छ ।