close

पर्यटक गाइडको लागि १० दिने तालिम

पर्यटक गाइडको लागि १० दिने तालिम

Trulli
ADVERTISEMENT

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले १० दिने स्थानीय पर्यटक गाइडको लागि तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेज्मेन्टको सहकारीमा सो तालिम सञ्चालन गर्न लागेको हो । 

तालिममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको एक साताभित्र नगर कार्यपालिकामा निवेदन दिन सक्ने छन् । 

सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो र शैक्षिक प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन दिन सक्ने पालिकाले जनाएको छ ।