close

वार्षिक कार्यक्रम सञ्चालनमा ल्याउँदै राक्सिराङ्ग सरकार

वार्षिक कार्यक्रम सञ्चालनमा ल्याउँदै राक्सिराङ्ग सरकार

Trulli
ADVERTISEMENT

मकवानपुर । राक्सिराङ्ग  गाउँपालिकाले पशु तथा कृषि सम्बन्धि वार्षिक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम सञ्चालनमा ल्याउने जनाएको हो । 

गाउँपाकिकाको सूचना अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, संस्था, सहकारी संस्था, कृषि सहकारी संस्थाले पालिकामा निवेदन दिन सक्ने छन्  । 

नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, दर्ता नविकरणको प्रमाणपत्रको प्रतिलिपिलगायतको कागजात लिएर मंसिर २९ गतेभित्र निवेदन दिन पालिकाले अनुरोध गरेको छ ।