close

भरतपुर महानगरले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउने

भरतपुर महानगरले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउने

Trulli
ADVERTISEMENT

चितवन। चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । 

महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै नगर क्षेत्रभित्र प्रचलित मापदण्डअनुसार नक्सा पास नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन निर्देशन दिएको छ । 

महानगरले कतिपय क्षेत्रमा संरचनाहरु स्वीकृत नलिई र सडक क्षेत्राधिकार मिचेर बनेको जनाउँदै यस्ता घर संरचना भत्काउने जनाएको छ ।

यस्तै नक्सापासमा बेसमेट पाकिङ स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको भए पार्किङको लागि प्रयोग गर्न समेत महानगरले निर्देशन दिएको हो । 

महानगरले तोकिएको समय भित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम महानगर आफैंले हटाउने जनाएको छ । संरचना हटाउन लागेको खर्च सम्वन्धित व्यक्ति–संस्थाबाट असुल महानगरले सुचना मार्फत जनाएको हो ।