close

मेलमिलापकर्ताको सूचीकृत हुन महांकालको अनुरोध

मेलमिलापकर्ताको सूचीकृत हुन महांकालको अनुरोध

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन अनुरोध गरेको छ । पालिकाले बुधबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

सूचनाअनुसार वडामार्फत मेलमिलाप केन्द्र स्थापना गर्नको लागि मेलमिलापकर्ताको सूचीको अद्यावधिक गर्न अनुरोध गरेको छ । 

मेलमिलापकर्ताको रुपमा काम गर्न चाहने इच्छुक व्यक्तिले मेलमिलापकर्ताको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन दिन सक्ने पालिकाले जनाएको छ । सूचना अनुसार इच्छुक व्यक्तिले सूचना प्रकासित भएको २१ दिनभित्र निवेदन दिनु पर्नेछ ।