close

भक्तपुरमा योमरी तथा सांस्कृतिक प्रदर्शनी हुने

भक्तपुरमा योमरी तथा सांस्कृतिक प्रदर्शनी हुने

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले योमरी तथा सांस्कृतिक प्रदर्शनी गर्ने भएको छ । नगरपालिकाले आगामी शनिबार अर्थात् मंसिर २४ गते प्रर्दशनी गर्न लागेको हो । 

प्रदर्शनीमा नगरबासिन्दाहरुले सहभागी जनाउन सक्ने पालिकाले जनाएको छ । इच्छुक नगरबासीले मंसिर २१ गते बिहान ११ बजेसम्म नगरपालिकाको वडा नम्बर ८, ९ र १० कार्यालयमा निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

प्रदर्शनी वडा नम्बर ९ को दत्तात्रयमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।