close

न्यायिक सहजकर्ताको लागि क्षमता अभिवृद्धि तालिम

न्यायिक सहजकर्ताको लागि क्षमता अभिवृद्धि तालिम

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमति प्रदेश सरकारले अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । प्रदेश सरकार अन्तर्गत आन्तरिम मामिला तथा कानुन मन्त्रालयले सबै स्थानीय तहलाई सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

स्थानीय तहमा कार्यरत न्यायिक सहजकर्ताहरुलाई सो कार्यक्रममार्फत अभिमुखीकरण गरिने छ । कार्यक्रम धुलिखेलमा पुष ६ र ७ गते हुने मन्त्रालयका कानुन अधिकृत उषा गौतमले बताइन् । 

उनले तालिममा सहभागिताको लागि सम्बन्धित पालिकाले आफैँले मनोनयन गरी आवश्यक खर्च उपलब्ध गराउनु पर्ने बताइन् ।