close

सञ्चालक समितिको विवरण पठाउन पनौतीको अनुरोध

सञ्चालक समितिको विवरण पठाउन पनौतीको अनुरोध

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले सञ्चालन समितिको विवरण पठाउन अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सहकारी संस्थाको सञ्चालक समितिको विवरण पठाउन अनुरोध गरेको हो । 

सूचना अनुसार सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा बहाल रहेका पदाधिकारीहरुको विस्तृत विवरण पठाउन अनुरोध गरेको हो । 


पालिकाभित्र सञ्चालनमा रहेका सबै सहकारी संस्थाले अनिवार्य रुपमा सूचना प्रकासित भएको ७ दिनभित्र विवरण पेश गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।