close

तालिममा सहभागि हुन तिलोत्तमाको अनुरोध

तालिममा सहभागि हुन तिलोत्तमाको अनुरोध

Trulli
ADVERTISEMENT


रुपन्देही । तिलोत्तमा नगरपालिकाले तालिममा सहभागि हुनका लागि आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै विउ विषादी बिक्रि अनुमति पत्रका लागि आवेदन दिन अनुरोध गरेको हो । 

सूचना अनुसार नगरपालिकाले मानव संशाधन विकास कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रममा सहभागि हुन चाहने व्यक्ति तथा संस्थाले छनोटका लागि सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन नगरपालिकाले अनुरोध गरेको जनाइएको छ । 

तालिममा विउ विक्रेता, मल विक्रेता र कृषि तथा पशु सेवा प्राविधिकले आवश्यक कागजातसहित सहभागि हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।