close

सूचना अधिकारी तोक्न महांकालको निर्देशन

सूचना अधिकारी तोक्न महांकालको निर्देशन

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।  एक सूचना जारी गर्दै गाउँपालिकाले आफू मातहतका विद्यायल, स्वास्थ्य संस्था, सहकारी संस्था र सार्वजनिक संस्थाहरुमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो । 

सूचनाको हकसम्बन्धि ऐन, २०६४ अनुरुप सार्वजनिक संस्थाले आफ्नो कार्यालयको सेवा प्रवाह गर्ने विषयमा सूचना अधिकारी तोक्नुपर्ने कानुनी व्यवस्था भएकोले सो सूचना प्रकाशन गरिएको पालिकाले जनाएको छ । 

पालिकाभित्रका सबै संस्थाले पुष ४ गतेभित्र सूचना अधिकारी तोकी कार्यपालिका भवनमा जानकारी दिन अनुरोध गरेको छ ।