close

चाँगुनारायणमा कर्मचारी माग

चाँगुनारायणमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले विभिन्न सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । 

सूचना अनुसार मेडिकल अफिसर, नगरप्रहरीलगायतका विभिन्न सेवामा ११ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवेदन परेका व्यक्तिलाई लिखित र प्रयोगात्मक परिक्षाबाट छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदीले बताए ।