close

साझेदारी कार्यक्रममा सहभागी हुन मोदीको अनुरोध

साझेदारी कार्यक्रममा सहभागी हुन मोदीको अनुरोध

Trulli
ADVERTISEMENT

 पर्वत । मोदी गाउँपालिकाले साझेदारी अनुदान कार्यक्रममा प्रस्ताव गर्न आव्हान गरेको छ । बिहिबार गाउँपालिकाले एक सूचना जारी गर्दै पशु सेवा शाखा कार्यक्रम अन्तर्गत प्रस्ताव आव्हान गरेको हो । 

गाउँपालिकाको सूचना अनुसार कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, फार्म तथा सहकारी संस्थाले सूचना प्रकासित भएको २१ दिन भित्र आवेदन दिन सक्नेछन् । 

कार्यक्रममार्फत पशु विकास सेवा, युवा लक्षित र पशु सेवा प्रसार कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।