close

झिमरुकमा स्वास्थ्य शिविर

झिमरुकमा स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

प्युठान । झिमरुक गाउँपालिकाले स्वास्थ्य शिविर गर्ने भएको छ ।  गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय बासिन्दाको स्वास्थ्य परिक्षणको लागि शिविर आयोजना गर्न लागेको जनाएको छ । 

सूचना अनुसार आगामी  ९ र १० गते वडा नम्बर ५ स्थित गौमुखी क्याम्पसमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको पालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बताए । 

स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देही र गाउँपालिकाको सहकार्यमा सो शिविर हुन लागेको उनले बताए । उनका अनुसार शिविरमा नाक, कान, घाँटी, स्त्री रोग, छाला रोग र विभिन्न रोगबारे सेवा सञ्चालन हुने छ ।