close

८५ प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन भानुको अनुरोध

८५ प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन भानुको अनुरोध

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकाले ८५ प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७९ र ०८० को कृषि शाखाबाट साना सिँचाइ कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाले जनाएको छ । 

कार्यक्रम नगरभित्रका १३ वटै वडामा पुग्ने गरी २० रोपनी क्षेत्रफलमा फैलिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । इच्छुक व्यक्ति, सहकारी संस्था, संस्था तथा निकायले सूचना प्रकासित भएको ३० दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।